१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कालिञ्चोकमा हिमपात


13
Shares

काठमाडौं, मंसिर १० । दोलखाको धर्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा यस वर्ष पहिलो हिमपात भएको छ ।

हिमपातपछि सो क्षेत्रका होटल व्यवसायी हर्षित भएका छन् ।

लामो समयको कोरोनाका कारण थलिएको पर्यटन सुरु हुने आशमा उनीहरु हर्षित बनेका हुन् ।

गयरातीको वर्षासँगै हिमपात हुन थालेको ब्यवसायीले बताएका छन् । हिमपातका कारण दोलखाको कुरी, कालिञ्चोक सेताम्मै भएको छ । हिमपातसँगै सो क्षेत्रमा जाडो पनि बढेको छ । जाडै भए पनि धार्मिक पर्यटकहरु आउन थालेको सो क्षेत्रका ब्यवसायीले बताएका छन् ।