७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एमाले महाधिवेशनमा देखियो कमजोर व्यवस्थापन


13
Shares

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा कार्यक्रताका लागि कमजोर व्यवस्थापन देखिएको छ ।

नेताका लागि भव्य मञ्चको व्यवस्था भएपनि देशका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताका लागि भने व्यवस्थापनको चासो नदेखिएको पाइएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुन आएका कार्यक्रताले भाषण पनि सुन्न नपाई फर्कनुपरेको गुनासो गरेका छन् ।

महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ताका उतार्ने घोषणा गरेको एमालेले उनीहरुका लागि भने केही पनि व्यवस्थापन नगरेको पाइएको छ ।

महाधिवेशन स्थलमा साउण्ड सिस्टमको समेत प्रभावकारी व्यवस्थापन नभएको सहभागिहरुको गुनासो थियो ।

ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने बताएको एमालेका कार्यक्रताको अव्यवस्थित जुलुसका कारण दिनैभरी सडक जाम भएको थियो ।