२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


इच्छाराज तामाङविरुद्धको प्रहरी अनुसन्धान पूरा


0
Shares

काठमाडौं, मंसिर १० । संगठित अपराध र ठगी मुद्दाका अभियुक्त सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

तामाङलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिबाना माग गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएको प्रहरीले जनाएको छ ।

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो ।

सो मुद्दामा उनीसहित अन्य ११ जना पक्राउ परेका थिए । सुरुमा ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो ।