
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि विश्वका राष्ट्रहरुलाई नयाँ निर्देशिका जारी गर्ने जनाएको छ ।
हालै देखा परेको कोरोनाको नयाँ भेरिएन्टबारे छलफल गर्न डब्ल्युएचओले आपतकालीन बैठक आब्हन गरी उक्त निर्णय गरेको हो ।
डब्ल्युएचओका प्रवक्ता क्रिश्चियन लिंडमेयरले हालै भेटिएको भेरिएन्टको थुप्रै प्रकारको म्युटेशन रहेकाले यसको अनुसन्धान प्रक्रियामा ढिलाई गर्न नहुने ुसुझाव दिएका छन् ।
प्रवक्ता लिंडमेयरले यसको स्वरुप परिवर्तन हुने भएकाले यो दूिक्षण अफ्रिकी मुलुकहरुमा फैलिसकेको दाबी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्