९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


कुनै विकल्प नभएकाले राजपरिवारको पद त्यागे : राजकुमार ह्यारी


0
Shares

काठमाडौं, माघ ६ । बेलायती राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्य पद त्यागेको बताएका छन् ।

सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै ह्यारीले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा राजकुमार ह्यारीले आफू र श्रीमती मेघना जिम्मेवारीहरुबाट भाग्न नखोजेको भन्दै बेलायतलाई संधै माया गरिरहने स्पष्ट पारे । साथै ह्यारीले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख पनि गरेका छन् ।

ह्यारी र उनकी श्रीमती मेघनाले अबदेखि हिज/हर रोयल हाइनेसको सम्बोधन प्रयोग गर्न पाउने छैनन् । यसैगरी उनीहरुले राजकीय जिम्मेवारीका लागि सार्वजनिक कोषको प्रयोग पनि गर्न पाउने छैनन् ।

गत सोमबार बेलायतको सान्ड्रिममा आयोजना गरिएको उच्च पदस्थ ब्यक्तिहरुको बैठकमा ह्यारी र मेघनाको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफलपछि उनीहरुको निर्णयको सम्बोधन गरिएको हो ।

सम्बोधनको क्रममा राजकुमार ह्यारीले आफनो हजुरआमा र कमाण्डर इन चिफप्रति सँधै अति आदर र सम्मान रहिरहने धारणा व्यक्त गरे ।