२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको काभ्रे सभापतिमा तीर्थ लामा विजयी


0
Shares

काठमाडौं। नेपाली कांग्रेस काभ्रे सभापतिमा तीर्थ लामा निर्वाचित हुनुभएको छ । दोस्रो संविधान सभा सदस्य समेत रहनु भएका लामाले सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार अच्यूत पौडेललाई ८७६ मत अन्तरले पराजित गर्नुभएको हो।

लामाले एक हजार छ सय ४६ मत ल्याउनुभएको थियो भने प्रतिस्पर्धी पौडेलले ७ सय ७० मत मात्रै ल्याउनुभएको थियो ।

लामालाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने पौडेललाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन थियो ।

काभ्रेमा दुई हजार चार सय ६८ मत खसेको थियो ।