
काठमाडौं, मंसिर १२ । दाङ नेपाली कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनुभएको छ ।
सभापति पदका लागि चार जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
चार जना मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार दोस्रो चरणको मतदान हुने तयारी रहेको थियो । तर चार प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी मत प्राप्त गरेका डाँगी सहमतिकै आधारमा सभापति निर्वाचित भएका हुन् ।
जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतरका र अन्य तीन जना प्रतिस्पर्धी संस्थापन पक्षधर रहेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्