९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चीनमा कोरोनाभाइरसबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या बढ्दो, अन्य देशमा पनि प्रभाव


0
Shares

काठमाडौं, माघ ६ । चीनमा देखिएको रहस्यमय कोरोनाभाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ ।

पहिलो पटक उक्त भाइरस देखिएको वुहान शहरभन्दा बाहिर राजधानी बेइजिङ र सेन्जेनमा पनि भाइरसको संक्रमण देखिएको छ ।

दक्षिण कोरिया,जापान र थाइल्याण्डमा पनि संक्रमण देखिएको छ । नयाँ भाइरसबाट पीडित हुनेको संख्या दुई सय नाघेको छ भने तीन जनाको मृत्यु भएको छ । वैज्ञानिकहरुले १७ सय बढी संक्रमित रहेको आशंका गरेका छन् ।

गत डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट तीनजनाको मृत्यु भइसकेको छ । वैज्ञानिकहरुले उक्त भाइरसबाट निमोनियाको संक्रमण देखिने जनाएका छन् ।

चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ ।

सिंगापुर र हङकङले वुहानबाट आउने हवाई यात्रीको स्वास्थ्य जांच शुरु गरेको जनाएका छन् । अमेरिकाले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा यात्रीहरुको स्वास्थ्य जाँच शुरु गरेको छ ।

कोरोनाभाइरस जनाबर र मानिसबीच सर्ने भाइरस हो । मानिसबाट मानिसमा भने यो भाइरस सरेको भेटिएको छैन । एजेन्सी