९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


उम्मेदवारी खारेज गर्न उजुरी


0
Shares

जनकपुर, माघ ६ । प्रदेश २ बाट आगामी माघ ९ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दर्ता गराइएको छ ।

सोमबार  नेपाली कांग्रेसतर्फका उम्मेदवार भोला पजियारले निर्वाचनका लागि मनोयन दर्ता गराएका सप्तरी तिलाठी कोइलाडी निवासी शेखर प्रसाद सिंहविरुद्धको उजुरी दर्ता गराएका हुन् ।

अदालतबाट कुटपिट मुद्दामा दुई वर्षको कैद सजायका आरोपित रहेकाले राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार उम्मेदवार हुनका लागि अयोग्य रहेको उजुरीकर्ताको ठहर छ ।