९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु


0
Shares

अर्घाखाँची, माघ ६ । अर्घाखाँचीको सन्धिखर्कमा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया कृष्टीना महत र प्युठानकी ४ वर्षीया वर्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

पौडी खेल्ने क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।