
एजेन्सी । खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि शीर्षस्थानको चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको हो ।
खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
तर, ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।
बराबरीसँगै शीर्षस्थानमा रहेको चेल्सीको १३ खेलबाट ३० अंक पुगेको छ । युनाइटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्