
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको दुई दिन पर सारिएको छ ।
सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बसेको बैठकले प्रदेश अधिवेशन दुई दिन सार्ने निर्णय गरेको हो ।
मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका थियो अब मंंसिर १८ र १९ गते हुनेभएको छ ।
परिवर्तित तालिकाअनुसार प्रदेशमा मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।
अहिलेसम्म बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन सकेको छैन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्