२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा लगातार ओरालो, नेप्से २१ अंकले झरेर २६ सय २९ थामियो


0
Shares

काठमाडौं, मंसिर १३ । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो । कारोबार पनि ४ अर्बमा खुम्चियो । सोमबार घट्ने दर भने केही सम्हालिएको देखियो ।

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबारमा हिजो ८० अंकको गिरावट आएको थियो । यस दिन मात्र जलविद्युत र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह राताम्मे रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च १ सय अंक बढीको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ८२ लाख २५ हजार कित्ता शेयर ४ अर्बमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय २२ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ६० कम्पनीको मूल्य बढ्यो भने ६ को स्थीर रहेको नेप्सेले जनाएको छ ।