१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रिपरिषद् : तीनवटा अध्यादेश जारी गर्न सिफारिस, ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्ने आदेश जारी


0
Shares

काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यौन हिंसाविरुद्धका केही केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्नसमेत सिफारिस गरेको छ ।

यस्तै, बैठकले कोभिड–१९ ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्नेसम्बनधी आदेश जारी गर्ने निर्णय पनि गरेको सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

बैठकले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा भएको घटनाका घाइतेहरुको उपचार खर्च उपलब्ध गराउन निर्णय पनि गरेको छ । साथै लोकतन्त्रसम्बन्धी अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने निर्णय पनि गरेको छ ।