१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ : मन्त्रीझाँक्री


0
Shares

काठमाडौं, मंसिर १३ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनु भएको छ ।

सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा मन्त्री झाँक्रीले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाल भुकम्प, बाढी पहिरोको जोखिममा रहेकाले शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरि काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।

भूकम्पबाट भत्किएका घर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री झांक्रीको भनाइ थियो ।