२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते


0
Shares

काठमाडौं, मंसिर १३ । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि विवाद भएको छ ।

गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको हो ।

वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरीले बचाउन प्रयास गर्ने क्रममा झडप भएको बताइएको छ ।

निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ । यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।