२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


हुम्लामा दुई चरणमा मतदाता नामावली संकलन गर्ने


0
Shares

काठमाडौं, पुस १३ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

हुम्लामा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो चरणमा चंखेली ताँजाकोट र नाम्खा गाउँपालिकामा मतदाता नामावली संकलन हुने जनाइएको छ ।

मंसिर २९ गतेबाट सुरु हुने अर्को चरणमा खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ ।

गाउँपालिका केन्द्रमा सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्य दश दिनसम्म चल्नेछ ।