२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता


0
Shares

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ ।

सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई क्षेत्रबीच बलियो सहकार्य हुन सकेमा मुुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डा. देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयाशमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो ।