१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेमा को–को भए निर्विरोध केन्द्रीय सदस्य ?


0
Shares

काठमाडौं । नेकपा (एमाले)मा केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा सबैलाई सहमतिमा निर्विरोध गराउने अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीको प्रयास सफल हुन सकेन । ओलीले सहमतिका लागि पेश गरेको सूचिमा नाम नहुनेहरूले उम्मेदवारी दिएका कारण सबैमा निर्विरोध हुन नसकेको हो ।

चितवनकाे साैराहमा जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारीका केही पदमा भने एमाले नेता निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।

पूर्व माओवादीलाई समेटेर पदाधिकारीका केही पदमा ओलीले नाम प्रस्ताव गरेपछि ती पदमा पनि उम्मेदवारी परेको छ । ६ वटा उपाध्यक्ष पदका लागि ओलीले विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, र सुवास नेम्वाङको नाम प्रस्ताव गर्नुभएको थियो ।

यी मध्ये बादल माओवादीबाट एमालेमा आएका नेता हुनुहुन्छ । ओलीको प्रस्तावमा असहमति जनाउँदै उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी परेको छ । अब ती ७ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

७ सचिव पदमा पनि ओलीले रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गर्नुभएको थियो ।

तर, त्यसमा पनि असन्तुष्टि जनाउँदै ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिनुभएको छ । रायमाझी र भट्ट पनि माओवादीबाट एमालेमा प्रवेश गरेका नेता हुनुहुन्छ । निर्वाचन राति ९ बजेबाट सुरु हुँदैछ ।

उम्मेदवारी दर्ताको आधारमा केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूको सूचि यस्तो छ ।

श्रमिक
खुला– विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला– मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष
खुला– माधव ढुंगेल
महिला– विनाकुमारी श्रेष्ठ
खुला– विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा
महिला– मञ्जु कुमारी थापा मगर र सीता लामा ।

मधेसी महिला
कमलादेवी महतो
जुलीकुमारी महतो
ज्वालाकुमारी साह
रितादेवी साह
शिला यादव
सरिता गिरी यादव

मुस्लिम महिला– साजिदा खातुन सिद्धिकी
दलित महिला– विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली
पिछडिएको क्षेत्र महिला– बद्मीकुमारी बोहरा

सम्पर्क समन्वय
खुला– नरेन्द्र श्रेष्ठ

प्रदेश– १
महिला– उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश– २
खुला– अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिला– कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बागमती
महिला – पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी
खुला– इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिला – नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी
खुला– खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल
महिला– मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली
महिला– तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल