१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खाल्डो खन्ने प्रवृत्ति बढ्दा एम्बुुस बन्दै काठमाडौंका सडक


0
Shares

काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् ।

भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा पुर्ननिर्माण नगरिदिँदा समस्या भएको स्थानीयको गुनासो छ । सबै सडकमा विभागको नियन्त्रण नरहेको भन्दै अन्य निकायले व्यवस्थापन गर्ने सडकको विभागले जिम्मा लिन नसक्ने विभागको भनाई छ ।

प्रवक्ता नेपालका अनुुसार आवागमनमा समस्या हुने भएर नै सबै काम प्राधिकरणलाई जिम्मा दिएको र प्राधिकरणकै निर्माण व्यवसायीले निर्माण गर्ने सर्तमा धरौटी पनि नराखी अनुमति दिएकोले काममा ढिलाई हुनुमा विभागको कुनै दोष नभएको प्रवक्ता नेपालको दाबी छ ।

तार भूमिगत गर्न चार खण्डमा आयोजना बनाई काम गरिरहेको प्राधिकरण र सडकसँग सम्बन्धित निकायसँग समन्वयको अभाव दुई निकायबीचको तालमेल नमिलेको देखिए पनि सम्बद्ध निकायका अधिकारीहरु भने यो मान्न तयार देखिदैनन् । बरु पानी परेका कारण काम समयमा नसकिएको प्राधिकरणको तर्क गर्छ ।

नेपाल विद्युत प्राधिकरणले उपत्यका भित्रको भूमिगत तार विछ्याउने काम ४० प्रतिशत सम्पन्न गरेको छ । २०७५ साल चैत १ गते संझौता गरी २०७६ फागुन ५ बाट शुरु भएको काम अबको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।