
web pic
अर्घाखाँची, मंसिर १३ । अर्घाखाँचीमा जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयन नेपालीलाई लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्कबाट खिल्जी जान हिडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्