१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निक्षेप निरन्तर घट्दै कर्जा बढ्दै


0
Shares

काठमाडौं, मंसिर १३ । वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ ।

बैंकर्स संघले सोमबार उपलब्ध गराएको मंसिर १० गतेसम्मको तथ्यांक अनुसार, एक सातामै निक्षेप ६ अर्बले घटेको छ भने कर्जा प्रवाह १४ अर्बले बढेको छ ।

यस्तै, मंसिर महिनामा मात्र बैंकहरुको निक्षेप १४ अर्बले घट्दा ऋण २१ अर्बले बढेको पनि संघले जनाएको छ ।

बैंकहरुको कुल निक्षेप ४२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।