३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


एमाले मतदान राति २ बजेदेखि बिहान ८ बजेसम्म


0
Shares

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ ।

सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशितसँगै निर्वाचनको अर्को कार्यतालिकाअनुसार राति २ देखि बिहान ८ बजेसम्म मतदानको कार्यक्रम हुने छ ।

विद्युतीय मेसिनबाट मतदान हुने हुने भएकाले मतदान सकिएको केही समयमै अन्तिम नतिजा प्रकाशित हुनेछ ।