२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भीम रावललाई भोट नदिन ओली पक्षद्वारा बाँडियो पर्चा


0
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् ।

मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरुलाई सो पर्चा बाँडेका हुन् ।मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहान ४ बजेदेखि मात्र मतदान सुरु भएको छ । यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए।