९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हिमपहिरोमा बेपत्ताको खोजीमा गरेको पहल सराह्नीय : राजदुत पार्क योङ


0
Shares

पोखरा, माघ ७ । अन्नपूर्ण पदयात्रा क्षेत्रमा हिमपहिरोमा परी हराइरहेका सातजना व्यक्तिको खोजी गर्न निकै कठिन भएको उद्धारमा संलग्नहरूले जनाएका छन् ।

गत शुक्रवार गएको हिमपहिरोका कारण अलपत्र परेका एक सयभन्दा बढी पर्यटक र अन्यको उद्धार गरिए पनि चार कोरियाली र तीन नेपालीको अवस्था अझै अज्ञात छ ।

यसैबीच कोरियाली राजदुत पार्क योङ सिकले हिमपहिरोमा बेपत्ता भएकाहरुको खोजीमा नेपाल सरकारले गरेको पहलको सराह्ना गरेका छन् । उनी सोमबार घटनास्थल पुगेका थिए ।

उता कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मौसम अनुकुल नहुँदा खोजीमा अहज भएको बताए । मौसम सफा भएर घाम लागेको खण्डमा पनि त्यस क्षेत्रको हिउँ पग्लिन एक महिनासम्म लाग्ने प्रहरीले जनाएको छ ।