
काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।
सोमबार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ प्रस्तुत छन् ।
खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । ‘मन्त्र’ एउटा अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले दाबी गरेका छन् । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।
यस चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।
प्रतिक्रिया दिनुहोस्