
काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य संस्थाको सहकार्यमा डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले ‘विश्वव्यापी प्रवृत्ति र व्यवस्थापनमा अनुसन्धान’ बारे सम्मेलन केन्द्रित रहने बताउनुभयो । उहाँले सम्मेलनको उदेश्य ज्ञान प्रदान गर्नु रहेको भन्दै व्यवस्थापनका ७ वटा विभिन्न विषयवस्तु र धाराहरूसँग सम्बन्धित नयाँ बहस, छलफल र प्रवचन हुने पनि जानकारी दिनुभयो ।
त्यसैगरी सम्मेलनमा कोरोना महामारीकाबीच व्यवस्थापन शिक्षा र अनुसन्धानको क्षेत्रमा देखा परेका धेरै चुनौती र अवसरहरू बारे बहस तथा छलफल हुनेछ । सम्मेलनलाई नेपालको नीतिगत तहमा बसेका व्यक्तित्व, सरोकारवाला, अन्तर्राष्ट्रिय पेशाकर्मी र प्राध्यापकहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका लागि ग्लोबल कलेजले विश्वका विभिन्न भागहरूमा रहेका १६ वटा विश्वविद्यालयहरूबाट १६ अन्तर्राष्ट्रिय प्राध्यापकहरूलाई आमन्त्रण गरेको छ । सम्मेलनले समय सापेक्ष रूपमा आफना विद्यार्थी, नेपाली समाज र सिंगो राष्ट्रलाई व्यवस्थापन, वित्त, अनुसन्धान आदी बारे नविनतम ज्ञान बाड्न सफल हुने विश्वास ग्लोबल कलेजको छ ।
प्रतिक्रिया दिनुहोस्