९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘आवाजविहिनको आवाज बोल्ने संस्थाहरुलाई कुण्ठित गरे सडकमा उत्रनुको विकल्प छैन्’


0
Shares

काठमाडौं, माघ ७ । सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै सरोकारवालाहरुले उक्त विधेयकलाई फिर्ता लिन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले राजधानीमा मंगलबार गरेको कार्यक्रमका सहभागीहरुले संविधानले दिएको अधिकारलाई कानून बनाएर खोस्न नमिल्ले बताए ।

कार्यक्रममा नेपाल बार एसोसियशनका महासचिव लिलामणि पौडेलले आवाजविहिनहरुको आवाज बोल्ने संस्थाहरुलाई कुण्ठित गरे सडकमा उत्रनुको विकल्प नहुने बताए ।

अन्य सहभागीहरुले पत्रकारलाई लागूऔषध कारोबारी जस्तो व्यवहार गर्ने गरी विधेयक ल्याइएको भन्दै आक्रोश पोखेका थिए ।