७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने बेला आयो : मन्त्री झाँक्री


0
Shares

काठमाडौं, मंसिर १४ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषण व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ ।

जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रमको मंगलबार सार्वजनिक गर्दै मन्त्री झाँक्रीले विश्वका विभिन्न मञ्चमा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाउनु पर्ने बताउनुभयो ।

अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताउनु भयो । काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने उहाँको भनाइ थियो ।