
कञ्चनपुर, मंसिर १४ । विस्थापित भएको २० वर्ष बित्दा पनि आफूहरुको पुर्नस्थापना नभएको भन्दै कञ्चनपुरका आरक्ष पीडित आन्दोलित भएका छन् ।
२०५८ सालमा सरकारले शुक्लाफाँटा आरक्ष विस्तार गर्ने क्रममा झण्डै १४ सय बढी परिवार विस्थापित भएका थिए । तर २० वर्ष वित्दासमेत पुर्नस्थापना हुन नसकेपछि आरक्षपीडत आन्दोलित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिदै उनीहरुले सरकारले आफूहरुको माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पीडितको समस्या समाधानका लागि हालसम्म ३० वटा आयोग तथा कार्यदल बने पनि उनीहरुले सट्टा भर्ना पाउन सकेका छैनन् ।
पछिल्लोपटक मन्त्रिपरिषद्ले २० चैत २०७७ मा ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूलाई मुआब्जा उपलब्ध गराउने ३०औँ कार्यदल, गठन गरेको थियो । कार्यदलले एक हजार ४ सय ८० घरपरिवारलाई स्थानान्तरणका लागि प्रतिपरिवार १० कट्ठा जग्गा वा ६० लाख रुपैयाँको आर्थिक राहत प्याकेज सिफारिसहितको प्रतिवेदन बुझाएको छ ।
तर अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्