
धनकुटा, मंसिर १४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत धनकुटामा स्थगित भएको मतदान बिहानबाट भइरहेको छ ।
मतदान बेलुकासम्म रहने निर्वाचन समितिले जनाएको छ । मतदानपछि मतगणना सुरु गरिने साथै परिणाम भोली बिहानसम्ममा आउने निर्वाचन समितिले जनाएको छ ।
मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला नेताहरु विच विवाद भएपछि निर्वाचन समिति जिल्ला निर्वाचन कार्यलयले अनिश्चित कालका लागि स्थगित गरेको थियो तर सहमती भएपछि आजका लागि मतदानको मिति गरिएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत धनकुटा जिल्ला सभापती पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतिका आकाक्षी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्