२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाममा बस दुर्घटना, दुई जनाको मृत्यु


0
Shares

अछाम, मंसिर १४ । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम मंगलसैनबाट धनगढी जादै गरेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मंगलसेन नगरपालिका १४ का ५७ वर्षिय टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका १ बस्ने वर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।

बसमा सवार यात्रुको संख्या भने एकिन गर्न सकिएको छैन् ।