
काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
मंगलबार २५६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरानाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्