
काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन उहाँले पार्टी सभापति देउवासँग माग गर्नुभएको हो ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका कांग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुग्नुभएका उहाँले निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई बैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो ।
उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्