२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जनकपुर-जयनगर रेल सञ्चालनमा आउने


0
Shares

जनकपुर, मंसिर १४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनकपुर-जयनगर रेल यसैवर्ष भित्र सञ्चालनमा आउने बताउनुभएको छ ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भएको उहाँको भनाई छ ।

रेल सञ्चालनका लागि आफुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग निरन्तर कुरा गरिरहेको र अध्यादेश मार्फत भए पनि रेल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको उहाँले जानकारी दिुनभयो ।

कर्मचारी र कानून अभावका कारण खरिद गरेको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।