
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन पुस ११ र १२ गते हुने भएको छ । संघको निर्वाचन समितिले मंगलबार सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय गरिएको निर्वाचन मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
संघमा दुई पक्षबीच विवाद भएपछि परराष्ट्र मन्त्रलायले गत असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो ।
परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै एनआरएनका अध्यक्ष कुमार पन्तले पाटन उच्च अदालतमा मुद्दा दायर गर्नुभएको थिए । आइतबार अदालतले परराष्ट्र मन्त्रालयको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेका हो ।
प्रतिक्रिया दिनुहोस्