२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको रसुवा सभापतिमा पेम्बाछिरिङ सर्वसम्मत


0
Shares

काठमाडौं । नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्वाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट देउवानिकट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् । तामाङ यसअघि पनि रसुवा कांग्रेस सभापति नै थिए । १३ औं महाधिवेशनमा तामाङ जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

यसैगरी, उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ चयन भएका छन् भने सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा सर्वसम्मत भएका हुन । त्यस्तै दुई सहसचिव पदमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ चयन भएका छन् ।

२६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।

रसुवामा प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन सोमबारदेखि एकैसाथ सुरू भएको थियो ।