१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा मतदाता नामावली संकलनको तयारी पूरा


0
Shares

बैतडी । आगामी शुक्रबारदेखि सुरु हुने फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमका लागि बैतडीमा तयारी पूरा भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि नामावली संकलन विशेष कार्य सुरु हुन लागेको हो ।

मतदाता नामावली संकलनका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य गरिने र त्यसका लागि दर्ता कर्मचारी नियुक्त गरेर उनीहरुलाई परिचालन गरिसकिएको छ । यही मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने, नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने बताइएको छ ।

बैतडीमा हालसम्म १ लाख ४५ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।