
काठमाडौं, मंसिर १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ ।
मन्त्री पौडेलले दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भएको छ ।
उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताउनु भयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो । मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्