
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसले अहिलेसम्म ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ ।
अहिलेसम्म प्रदेश १ र कर्णालीका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले अब १५ वटा जिल्लामा जिल्ला नेतृत्व चयन गर्न बाँकी छ । प्रदेश २ का ८ वटै जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । यी जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।
यस्तै बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुपाल्चोक, गण्डकीको नवलपरासी पूर्व, लुम्बिनीको बाँके, सुदूरपश्चिमका कैलाली र अछाममा पनि महाधिवेशनपछि जिल्ला अधिवेशन हुने बताइएको छ ।
जिल्ला अधिवेशन सम्पन्न नभएका जिल्लामा महाधिवेशन प्रतिनिधि भने चयन भइरहेको अवस्था छ ।
प्रदेश २ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्