२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्से सामान्य अंकले सकारात्मक, कारोबार भने थप खुम्चियो


0
Shares

काठमाडौं, मंसिर १५ । मौद्रिक नीतिको समीक्षासँगै निरन्तर ओरालो लागेको शेयर बजार बुधबार चौथो दिनमा सामान्य अंकले सकारात्मक रह्यो ।

मंगलबार नगन्य अंकले ऋणात्मक रहेको नेप्से यस दिन उतार चढावबीच ५ अंकले सकारात्मक रहेर २६ सय ३३ कायम भएर थामियो ।

कारोबार भने थप खुम्चियो । यस दिन कारोबार ३ अर्ब तलै सीमित रह्यो । यस दिन बढीजसो समूहमा हरियाली छायो ।

होटल तथा पर्यटन, बीमा र लघुवित्त समूह बाहेक अरु समूह सकारात्मक रहे । उत्पादनमूलक, अन्य र व्यापार समूह दोहोरो अंकले सकारात्मक रहेबाहेक अरु मात्र हरियो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको जम्मा ५३ लाख कित्ता शेयर २ अर्ब ७४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन ९१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ को घट्यो भने १० को स्थीर रह्यो ।