
काठमाडौं, मंसिर १५ । पछिल्लो २४ घण्टामा देशभर ३१६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ३१६ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३५९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सक्रिय संक्रमित संख्या ६ हजार ९५४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्