
काठमाडौं, मंसिर १५ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पुर्याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गर्नुभयो ।
कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री यादवले कृषिमा उत्पादन बढाउनका लागि सरकारले सबै प्रदेशमा माटो परीक्षणको लागि आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो ।
मन्त्री यादवले कृषि क्षेत्रनै मुलुकको समृद्धिको आधार भएको भन्दै यसको विकासका लागि युवाहरुलाई आकर्षित गर्न सरकार विभिन्न कार्यक्रम अगाडि बढाउन लागि परेको बताउनु भयो । उहाँले नेपालमा नयाँ विऊविजनको आवश्यक व्यवस्था मिलाउने अवस्था अझै बनिनसकेको पनि स्विकार गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्