१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एयरलाइन्सभित्रको फोहोर सफा गर्दा आफैं हैरान भएँ : मन्त्री आले


0
Shares

काठमाडौं, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री आलेले नेपाल एयरलाइन्सलाई सुधार गर्न नसकिएको टिप्णी गर्नुभएको छ ।

एयरलायन्सलाई विगतदेखि नै खाने भाँडो बनाइएको उहाँको विश्लेषण छ । बुधवार कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले सरकारी ध्वजाबाहक कम्पनीभित्र रहेका फोहोर सफा गर्दा आफैँ हैरान बनेको उहाँले बताउनुभयो ।

पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको छ । पर्वतारोहीहरुकै कारण देश चिनिएको बताउँदै मन्त्री आलेले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।