२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सर्लाहीमा शुक्रबार कांग्रेसको अधिवेशन


0
Shares

सर्लाही, मंसिर १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सर्लाहीमा प्रदेश निर्वाचन र संघीय निर्वाचन शुक्रबार एकैदिन गर्ने निर्णय भएको छ ।

बुधबार बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन ईतर पक्षको वार्ताले सो निर्णय गरेको हो ।

क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवास, क्षेत्र नं. २ को मलंगवास्थित कृष्णामति मा.वि, क्षेत्र नं. ३ को बरहथवास्थित पार्टी कार्यालय र क्षेत्र नं. ४ को गोडैता नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत भरत राउतले जानकारी दिनुभयो ।

यस्तै, विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरुमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउतकै संयोजकत्वमा संस्थापन पक्ष अर्थात जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट सुरेन्द्र कुमार न्यौपाने र संस्थापन ईतर अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

सर्लाहीमा कांग्रेसको अधिवेशनमा विवाद देखापरिरहेको छ । वडा अधिवेशनकै क्रममा बलरा नगरपालिकामा २ पटक गोली चलेको थियो ।