१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपेली युनियनले गरिब र बिकाससिल देशहरुमा ३ सय बिलियन युरो लगानी गर्ने, चिनियाँ प्रभाव निस्तेज पार्ने प्रयास


0
Shares

काठमाडौं । युरोपेली युनियनले विश्वका गरिब तथा विकाशशिल देशहरुको भौतिक पूर्वाधारमा ३ सय बिलियन युरो लगानी गर्ने भएको छ । विश्वमा चीन को बढ्दो प्रभावलाई निस्तेज पार्न इयुले यति ठूलो लगानीको खाका तयार पारेको हो ।

यो रकम खासगरी सडक, पुल, बन्दरगाह, विमानस्थल, उर्जालगायतका क्षेत्रमा लगानि गर्ने इयुको तयारी छ । इयुले यसलाई चीनको अत्यन्तै महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को भरपर्दो बिकल्प भनेको छ ।

चीनले बिआरआईको बहानामा गरिब तथा विकाससिल देशहरुमा ऋणको बोझ मात्रै थोपरेको इयुको आरोप छ । चिनियाँ ऋणले विश्वका कतिपय देश टाट पल्टीने अवस्थामा पुगेको तथा केही देशका महत्वपूर्ण सामरिक केन्द्रहरु चिनिया अधिनमा गएको इयुको तर्क छ । इयुले आफ्नो लगानीले विश्वका अन्य देशहरुलाई दिगो साझेदारी तथा लाभदायक आयोजनामा प्रेरित गर्ने जिकिर गरेको छ ।