
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन फ्रेन्च स्ट्राइकर करिम बेन्जमाले ४० औं मिनेटमा निर्णयक गोल गरे ।
जितसँगै रियाल मड्रिडले अंक तालिकामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७ अंकको अग्रता लिएको छ । १५ खेलबाट रियालको ३६ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड २९ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्