
बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका-५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका-७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारत बहराईचका २२ का रोहित कुमार गुप्ता, बढै्याताल सितापुरका २२ बर्षिय प्रदिप सुनार र २१ बर्षिय बिशाल सिंह ठकुरी रहेका छन् ।
गुप्ताको साथबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर तथा सुनार र ठकुरीको साथबाट १८ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्