
काठमाडौं, माघ ८ । एनआईसी एशिया बैंकले चालु आर्थिक बर्ष २०७६/०७७ को दोश्रो त्रैमासमा पनि उल्लेख्य प्रगति जारी राखेको छ ।
बैंकको दोश्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको हो । बैंक यस अवधिमा झण्डै ३ अर्ब बराबर सञ्चालन नाफा गर्न सफल भएको छ ।
बैंक यस अवधिमा सञ्चालन नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३६ प्रतिशत अर्थात् ७७ करोडले वृद्धि गरी २ अर्ब ९० करोड आर्जन गर्न सफल भएको जनाइएको छ ।
यसैगरी खुद मुनाफा पनि ३३ प्रतिशत अर्थात् ५० करोडले बढाएर २ अर्ब १ करोड आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । गत वर्षको यसै अवधीमा बैंकले १ अर्ब ५१ करोड खुद नाफा गरेको थियो ।
यसैगरी यस अवधिमा कर्जातर्फ १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याउन सफल भएको पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्