
काठमाडौं–सत्तारुढ दलका नेताहरुले प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश जबरा विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पाटी(जसपा) का अध्यक्ष उपेन्द्र यादव,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
न्यायालयमा सुधारको माग गर्दै नेपाल बार एसोसियसन र त्यसमा आवद्ध कानून व्यवसायीहरुले एक महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दे आएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग पनि गरेको छन् । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अहिले अस्पताल भर्ना हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्